धनकुटा ।
नेकपा एमाले पाख्रीबास नगर कमिटीको दाेस्राे अधिवेशनले सिताराम राईको अध्यक्षतामा ७५ सदस्य नयाँ कमिटी गठन गरेको छ ।

oplus_1026
उक्त अधिवेशनले मित्र गाैत्तमकाे अध्यक्षतामा ७ सदस्य लेखा समिति चयन गरेको छ भने यस्तै अधिवेशन बाट उपाध्यक्षमा मदन राई ,सचिवमा दुर्गा सुवेदी , उपसचिव मिठु देउजा, उपसचिव ताेर्ण खपाङ्गी लगायत सदस्यहरु चयन भएकाछन् ।

शनिबार सम्पन्न अधिवेशन नेकपा एमाले केन्द्रीय सदस्य एवम् पुर्व मन्त्री राजेन्द्र राईको प्रमुख आतिथ्यमा सर्वसम्मतीले नयाँ नगर कमिटी गठन गर्दै सम्पन्न भएको हाे । उक्त अधिवेशनमा केन्द्र ,प्रदेश जिल्लाका नेता कार्यकर्ताकाे उपस्थिति थियोे ।












