धनकुटा

नेकपा एमाले छथरजाेरपाटी गाउँपालिका धनकुटाकाे दाेस्राे अधिवेशन चन्द्र सुब्बाकाे अध्यक्षतामा ५५ सदस्य गाउँकमिटी गठन गर्दै सम्पन्न भएको छ ।

उक्त अधिवेशन मार्फत सर्वसम्मत रुपमा युवा नेता चन्द्र सुब्बाको अध्यक्षतामा ५५ सदस्य गाउँ कमिटी गठन गर्दै अधिवेशन सम्पन्न भएको हाे । उक्त अधिवेशन बाट उपाध्यक्ष महेन्द्र थापा , सचीव ओमबाबु थापा, उप सचीव लक्ष्मी लिम्बु, उप सचीव चन्द्र लिम्बु रहेकाछन् । साे अधिवेशन नेकपा एमाले पार्टीका केन्द्रीय सदस्य तथा पुर्व मन्त्री राजेन्द्र कुमार राईकाे प्रमुख आतिथ्यमा सञ्चालन भएको थियोे ।

अधिवेशनमा पार्टीका प्रदेश उपाध्यक्ष टिकाराम चेम्जोङ लगायत केन्द्रीय ,प्रदेश ,जिल्ला तथा पालिका स्तरीय विभिन्न पद तथा विभागमा आवद्व नेताहरुले शुभकामना मन्तव्य राखेका थिए  । यश संगै धनकुटा जिल्लामा नेकपा एमालेकाे ६ वटा पालिकाकाे अधिवेशन सम्पन्न भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय