धनकुटा ।

धनकुटाकाे सहिदभूमि गाउँपलिकाले  गरिवी निवारणका लागि लघु उद्यमशिलता विकास तालिम वडा नं ४ मा सम्पन्न गरेको  छ ।
नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मंन्त्रलयको सहयोग र सहिदभूमि गाउँपालिकाको आयोजनामा गरिवि निवरणका लागि लघु उद्यम विकास कार्यक्रम MEDPA अन्तर्गत सहिदभूमी गाउँपालिका वडा नं-४ मा फाल्गुण ११ देखि १८ सम्म उद्यमशिलता विकास तालिम सञ्चालन गरेकाे हाे । उक्त तालिममा सहिदभूमि गाउपालिका वडा नं-४ का महिला पुरुष गरि  २५ जनाकाे सहभागीता थियोे । तालिममा सम्भाव्य उद्यमीहरुका लागि व्यवसाय सचेतना सम्वन्धि, व्यवसाय शुरु गर्न चाहाने उद्यमीहरुका लागि व्यवसाय शुरु तालिम , लैङ्किक तथा सामाजिक समावेशीकरण सम्बन्धि तालिम प्रदान गरिएको छ।

तालिमकाे सहजीकरण सहिदभूमी गाउँपालिका उद्यम शाखाका उद्यम विकास सहजकर्ता खुमा राई , ओमा राई र कम्प्यूटर सहायक दिपक राईले गर्नुभएको थियोे । तालिमको आईतवार एक कार्यक्रमका बिच गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सूर्यबहादुर भण्डारीको प्रमुख अतिथिमा समापन गरिएको छ । कार्यक्रममा सहिदभूमि गाउँपालिकाका लेखा अधिकृत नितेश कुमार यादव सहिदभूमि गाउँपालिका वडा नं -४का प्राविधक हर्कध्वज राई , कम्प्यूटर सहायक अपरेटर रामप्रसाद राईकाे उपस्थिति थियोे । समापन कार्यक्रमको अध्यक्षता सहिदभूमी गाउँपालिका वडा न-४ का कार्यबाहक अध्यक्ष विनोद राईलेगर्नु भएको थियोे । कार्यक्रमकाे  सञ्चालन कम्प्यूटर सहायक अपरेटर दिपक राईले गर्नु भएको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय