धनकुटा ।

धनकुटाकाे पाख्रीबासनगरपालिकाले एक सय १५ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा   विभिन्न प्रतियोगिता सहित सम्मान कार्यक्रम आयाेजना  गरि मनाएको छ । सामाजिक विकास समिति संयोजक तथा वडाअध्यक्ष सम्झना आलेकाे अध्यक्षता सम्पन्न कार्यक्रममा हाजिरी जवाफ प्रतियोगिता ,कबिता बाचन,नृत्य,मेच घुमाइ तथा सम्मान कार्यक्रम सम्पन्न भएको हाे । हाजिरी जवाफ प्रतियोगिता तर्फ वडा नं ५ प्रथम ,वडा नं १ दाेस्राे ,वडा नं ८ तेस्राे र वडा नं ७ सान्त्वना भएकाछन् ।

त्यस्तै गरि कबिता बाचन प्रतियोगितातर्फ वडा नं ४ का दिपा भण्डारी पहिलाे , वाडा नं १ का ज्याेति न्याैपाने दाेस्राे , वाडा नं ५ का मिठु तेस्राे र वडा नं ४ का निक्की राई सान्त्वना भएकाछन् । त्यस्तै नृत्य प्रतियोगिता तर्फ वाडा नं ४ पहिलाे , वडा नं ५ दाेस्राे ,वडा नं ९ तृतीय र वाडा नं ७ सान्त्वना भएको थियोे । यस्तै गरि मेच घुमाइ प्रतियोगिताका लागि १ वटै वडा बाट सिफारिस भइ आएका प्रतियोगिहरु बिच प्रतिस्पर्धा भएको थियोे । प्रतिस्पर्धामा वडा नं ७ पहिलाे ,वाडा नं १ दाेस्राे स्थान हासिल गरेका थिए ।

सम्पूर्ण प्रतियोगिताका बिजयि तथा विजेताहरुलाई नगद तथा सम्मानपत्र प्रदान गरेकाछन् । साेहि अवसरमा पुर्व उपमेयर तथा भुमि समस्या समाधान आयोगका सदस्य देबकला तिम्सिना सहित पुर्व महिला तथा दलित महिला जनप्रतिनिधि , प्रमुख पदमा महिला प्रतिनिधित्व भएका संघ संस्था र पाख्रीबास नगर भित्रका विभिन्न विद्यालयका महिला प्रधानाध्यापक गरि जम्मा १४ जनालाई सम्मानपत्र ,खदा अविरले कार्यक्रमका विशेष अतिथि तथा उपमेयर , नम्रता देउजा , अथिहरु र कार्यक्रमका अध्यक्षले सम्मान गर्नुभएको थियो । कार्यक्रममा वडा अध्यक्षहरु, महिला तथा बालबालिका शाखा प्रमुख लगायत कर्मचारीहरुकाे उपस्थिति थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय