धनकुटा ।

धनकुटाको सहिदभूमि गाउँपालिका वडा नं ७ काे आयोजनामा प्रथम झनकलाल स्मृति कप पुरुष फुटबल प्रतियोगिता आईतवार देखि सुरु भएको छ ।

वडा नं ७ का वडा अध्यक्ष बम बहादुर राईको अध्यक्षता सञ्चालन भएको खेल उदघाटन कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष मनाेज राईले रेफ्रिलाई बल हस्तान्तरण गर्दै व्यानर पढेर उदघाटन गर्नु भएको थियोे ।

प्रतियोगितामा ८ वटा टिमकाे सहभागीभएकाछन् । हिजाे उदघाटन शस्त्रकाे पहिलो खेल वडा नं १ र ३ नम्बर वडा बिच भएको खेलमा ०-१ ले १ नम्बर वडा सेमिफाइनलमा प्रवेश गरेको छ । यस्तै हिजै भएको दाेस्राे खेदमा वडा नं ६ र वडा नं २ बिच भएको खेलमा खेलकाे निर्धारित समयमा कुनै गाेल हुन नसके पछि रात परेको कारण खेल स्थगित गरिएको थियोे । राेकिएकाे खेल आज पुन हुने आयाेजकले जनाएको छ । प्रतियोगिताकाे प्रथम पुरस्कार रु ५० हजार कप मेडल तथा प्रमाणपत्र व्यवस्था गरिएको छ ।

यस्तै दाेस्राे हुने समुहले पनि नगद २५ हजार सहित कप ,मेडल ,प्रमाणपत्र पाउने आयाेजक वडा कार्यलयले जनाएको छ । खेलकाे उदघाटन कार्यक्रममा ६ नम्बर वडाअध्यक्ष हेम कुमार राई , जनप्रतिनिधिहरु वृद्धलाल राई , लिला राम राई , मनु भण्डारी , फुलश्वरी विक , एमाले पालिका अध्यक्ष , मातृका राई , टप्पुदेवी माविका प्रधानाध्यापक रमेश पाैडेल,खेलमैदानका लागि जग्गा दता जग्गा दाता हुमङग राना, सेर बहादुर दर्नाल , फत्तेमान राई , मदन सुनुवार राजेन्द्र दर्नाल , अखिसल्ला प्रहरी चाैकि प्रमुख , सञ्चारकर्मी , विभिन्न क्लब तथा समुहका प्रमुख तथा प्रतिनिधि र स्थानीय बासिकाे उपस्थिति थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय