ललितपुर, २५ फागुन।उलान उदे सहरसँग भगिनी सम्बन्ध कायम गर्न ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबुमहर्जन रसिया प्रस्थान गर्नुभएको महानगरप्रमुख महर्जन आइतबार साँझ बजे रसिया यात्राका लागि प्रस्थानगर्नुभएको उहाँका स्वकीय सचिव इन्द्र बज्राचार्यले जानकारी दिनुभयो

नगरप्रमुख महर्जनसंगै महानगरका प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठ, महानगरका उद्योग तथा पर्यटनसमितिका संयोजक एवम् वडा नं. का अध्यक्ष बिकासमान श्रेष्ठ महानगरका अन्तर्राष्ट्रिय सल्लाहकार मुकुन्द विष्टत्यसतर्फ प्रस्थान गर्नुभएको छ।

यसअघि फागुन २२ गते महानगर प्रमुख रसियाका राजदुत एलेक्स नोबीकोबबीच द्विपक्षीय सम्बन्धका बारेमाभेटवार्ता भएको थियो

रसिया प्रस्थान गर्नुअघि रासस प्रतिनिधिसंग कुराकानी गर्नुहुँदै महानगर प्रमुख महर्जनले मार्च १२ तारिकमा उलान उदेसहरसँग भगिनी सम्बन्ध कायम गर्ने सम्झौतापत्रमा हस्ताक्षर हुने जानकारी गराउनुभयो।

यसअघि हामीले कोरियाको कोरियाको चेओरन सहरसँग भगिनी सम्बन्ध कायम भएको , त्यसबाट हामीलेएकअर्कामा असल अभ्यास आदानप्रदान गरिरहेका छौँ, त्यस्तै त्यहाँ पनि भगिनी सम्बन्ध कामय भएपछि एकअर्काकोआवश्यकता समझदारी अनुसार नागरिकस्तरमा सम्बन्ध कायम हुनेछ, उनीहरुको असल अभ्यास हामी लिन्छौं, हाम्रोअसल अभ्यास उहाँहरूले लिनुहुनेछ।उहाँले भन्नुभयो

कोरियाको चेओरन सहरसँग भगिनी सम्बन्ध कायम भएपछि अहिले वडा नं. २७ सुनाकोठीमा टनेल प्रविधिमा खाद्यान्नउत्पादनका कामहरु भैरहेको  उहाँले जानकारी गराउनुभयो।

ललितपुरलाई स्मार्ट सिटी बनाउने पाटनलाई चौबीसै घण्टा सञ्चालन हुने सहरको रुपमा बिकसित गर्ने सोचका साथमहानगरको नेतृत्व गरिरहनुभएका प्रमुख महर्जनले काठमाडौं उपत्यका मेयर फोरमको समेत नेतृत्व गरिरहनुभएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय