धनकुटा ,
धनकुटाको हिले बजार स्थित रहेको श्री थुप्तेन देक्षेन छाेलिङ गाेन्पा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । गाेन्पा व्यवस्थापन समितिले बिहीबार एक कार्यक्रम आयाेजना गरि गुम्बामा प्रमुख लामा नियुक्त गर्दै गाेन्पा हस्तान्तरण गरेको हाे । गाेन्पाकाे प्रमुख लामा गुरुकाे रुपमा भारत बाेध गयामा बाैध धर्म अध्यय गरि आउनु भएका रामेछाप निवासी लामा फुर्वा छिरिङलाई प्रमुख लामाको जिम्मेवारी दिदै गाेन्पाले प्रमुख लामा नियुक्त गरेको हाे । साेहि अवसरमा समितिले गाेन्पाका संरकक्षक पनि नियुक्त गरेको छ । बाैध धर्मका तान्त्रिक गुरु साेनाम लामालाई गाेन्पाकाे संरक्षक नियुक्त गरेको हाे । त्यस्तै गरि गुम्बाकाे मान्यार्थ सदस्य हिले बजारका पुर्व जनप्रतिनिधि एवम् सामाजिक व्यत्ति लालचन्द्र गाेङवा तामाङलाई मान्यार्थ सदस्यमा नियुक्त गरिएको छ । उनिहरुलाई बाैध धर्म अनुसार गरिने नित्य पुजा पाठ तथा विभिन्न धार्मिक कार्यहरु गर्ने र गुम्बाकाे विकास प्रवर्द्धनका लागि सम्पूर्ण जिम्मेवारी सहित माथि उल्लेखित पदमा नियुक्त गरिएको हाे । उक्त कार्यक्रम काेशि प्रदेशका पुर्व अर्थ राज्य मन्त्री निरन राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियोे । कार्यक्रमलाई सम्बाेधन गर्दै मन्त्री राईले धनकुटा जिल्लालाई प्रदेशकै बाैद्व धर्मलम्बिहरुकाे आस्थाकाे केन्द्रकाे रुपमा विकास गर्न सक्ने सम्भावना धेरै रहेको बताउनुभयो । साथै उहाँले गुम्बा विकास तथा संरक्षणका लागि काेशि प्रदेश बाट हुन सक्ने सहयोग गर्ने प्रतिवद्वता जानउनुभयाे ।
कार्यक्रममा जिल्ला समन्वय प्रमुख निरेन तामाङ , धनकुटा नगरपालिकाकाे मेयर चिन्तन तामाङ , धनकुटा नगरपालिका वडा नं १ का वडा अध्यक्ष ओङद तामाङ ,वडा सदस्य सुवास राना पुर्व डिआईजि समाज सेवि दल बहादुर तामाङको उपस्थिति थियोे । कार्यक्रममा नेपाल तामाङ घेदुङका केन्द्रीय सदस्य , जिल्ला पदाधिकारी , विभिन्न संघ संस्था प्रमुख , भक्तजन उपासाक उपासिकाहरुकाे उपस्थिति थियोे ।















