
धनकुटा ।
धनकुटाकाे नेकपा एमाले सहिदभूमि गाउँपालिका ४ नं. वडा कमिटीको दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशन बाट नरेन्द्र राईकाे अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी सर्वसम्मत चयन गरेको छ ।
कमिटीको उपाध्यक्षमा हर्कलाल राई,सचिव जय कुमार राई,उप-सचिव हरि चन्द्र राई र उप-सचिव जीवन कुमारी राई लगायत सदस्य रहेकाछन् ।
त्यस्तै गरि जनसंगठनतर्फ अनेम संघ नेपालकाे ४ नं. वडा कमिटी विनिता राईको अध्यक्षतामा ११ सदस्य सर्वसम्मत चयन गरिएको छ ।
उपाध्यक्ष रुप कुमारी राई, सचिव चन्द्र कुमारी विक, उप-सचिव वालकुमारी र कोषाध्यक्ष हेम कुमारी राई लगायत रहेकाछन् । अधिवेशन प्रमुख नेकपा (एमाले) केन्द्रीय कमिटी सदस्य, धनकुटा जिल्ला निर्वाचन क्षेत्र (ख) इन्चार्ज शकुन्तला बस्नेतकाे प्रमुख आतिथ्यमा सम्पन्न भएको थियोे ।
यस्तै गरि नेकपा (एमाले) कोशी प्रदेश कमिटी सदस्य, एवम् पालिका इन्चार्ज साबित्रा राई, कोशी प्रदेश कमिटी सदस्य प्रकाश राई, सहिदभूमि गाउँपालिका अध्यक्ष तथा पार्टी कोशी प्रदेश सल्लाहकार परिषद सदस्य मनोज राई, पार्टी जिल्ला कमिटी सचिवालय सदस्य बलेन्द्र राई, अस्मिका राई, पार्टी जिल्ला कमिटी सदस्यहरु केशब राई, बसन्त राई, सहिदभूमि पालिका कमिटी अध्यक्ष मातृका राई, उपाध्यक्ष हेम कुमार राई,सचीव बलिन्द्रमान सिंह राई, पार्टी पालिका लेखा समिति अध्यक्ष मोहन राई, युवा संघ सहिदभुमी पालिका कमिटी उपाध्यक्ष डम्बर राईकाे उपस्थित थियो ।