धनकुटा ।
नेकपा एमाले सहिदभूमि गाउँपालिका २ नं. वडा कमिटीको दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशन बाट
विजय राईको अध्यक्षतामा ३१ सदस्य वडा कमिटी सर्वसम्मत चयन गर्दै सम्पन्न भएको हाे । कमिटीको  उपाध्यक्षमा भगतमान राई ,सचिव विकल राई, उप-सचिव केष्ट बहादुर मगर र उप-सचिव शर्मिला राई लगायत सदस्यहरु रहेकाछन् । त्यस्तै गरि जनसंगठनतर्फ अनेमा संघ नेपाल २ नं.वडा कमिटी तारादेवी तिवारीकाे अध्यक्षतामा ११ सदस्यीय  गठन गरिएको छ । नवगठित अनेमा संघ वडाकमिटीकाे उपाध्यक्ष ईन्द्रमाया राई, सचिव धनुका राई, उप-सचिव पर्मिला विक र कोषाध्यक्ष पुस्पवती राई रहेकाछन् ।

 

यस्तै गरि यूवा संघ नेपाल २ नं. वडा कमिटी टीकाराम राईकाे अध्यक्षतामा सर्वसम्मत २३ सदस्य २ नम्बर युवा कमिटी गठन गरिएकाे छ । कमिटीको उपाध्यक्ष विशाल राई, सचिव भिम राई, सह- सचिव माया राई रहेकाछन् । साेहि अवसरमा लोकतान्त्रिक आदिवासी जनजाती महासंघकाे ९ सदस्य वडा कमिटी गठन गरिएको छ । अध्यक्षमा कल्पना घिसिङ राई, उपाध्यक्ष लास कुमारी राई, सचिव गोबिन्द राई, सह- सचिव नवराज राई र कोषाध्यक्ष लाखमान राई रहेकाछन् ।

अधिवेशन नेकपा (एमाले) कोशी प्रदेश कमिटी सदस्य, पुर्व आर्थिक मामिला तथा योजना राज्यमन्त्री निरन राईकाे प्रमुख आतिथ्यमा सम्पन्न भएको हाे ।  अधिवेशनमा कोशी प्रदेश कमिटी सदस्य, एवम् पालिका इन्चार्ज साबित्रा राई, सहिदभूमि गाउँपालिका अध्यक्ष तथा पार्टीका कोशी प्रदेश सल्लाहकार परिषद सदस्य मनोज राई, रुपलाल राई, पार्टीका जिल्ला कमिटी सचिवालय सदस्य, अस्मिका राई, जिल्ला कमिटी सदस्यहरु केशब राई,बसन्त राई, सुर्य प्रकश विश्वकर्मा, सहिदभूमि पालिका कमिटी अध्यक्ष मातृका राई, सचीव बलिन्द्रमानसिंह राई लगायतकाे उपस्थितमा अधिवेशन सम्पन्न भएको हाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय