
धनकुटा ।
सहिदभूमि गाउँपालिका धनकुटाकाे हिउँदे अधिवेशन सम्पन्न भएको छ ।
गाउँपालिकाकाे दाेस्राे गाउँसभाकाे छैठौं अधिवेशनकाे तेस्राे बैठकमा प्रदेश संसदहरुकाे विशेष सम्बाेधन सहित गत फागुन बाट सुरुभएकाे अधिवेशन विभिन्न ऐन तथा विधेयक र कार्यविधि पारित गर्दै सम्पन्न भएको हाे । अधिवेशनले पालिकाकाे आर्थिक ऐन २०८१ संशोधन विधेयक , आ.व २०७९/८० काे अन्तिम लेखापरीक्षण प्रतिवेदन ,बजेट तथा कार्यक्रम संशोधन प्रस्ताव , अर्थ तथा सार्वजनिक लेखा समितिको बेरुजु नियमित गर्ने प्रस्ताव , पालिकाकाे माघ महिना सम्म कार्यपालिकाले गरेको विभिन्न निर्णयहरु गाउँसभाबाट पारित गरिएको छ ।
पालिकाकाे हिउँदे अधिवेशनलाई सम्बाेधन गर्दै प्रदेश सभा सदस्य निरन राई र इन्द्रमणी पराजुलीले कृषि , सडक पुर्वाधार निर्माण , शिक्षा ,स्वास्थ , पर्यटनको क्षेत्रमा प्रगति हासिल गर्न सक्ने याेजना गाउँपालिकाले छनाैट गर्नुपर्नेमा जाेड दिनु भयाे । यस्तै प्रदेश संसद ईन्द्रमणी पराजुलीले सहिदभूमि गाउँपालिकाकाे गाँजा खेती र गाँजा बेचबिखन क्रममा कानुन संग जाेडिएकाे समस्या समाधानका लागि राष्ट्रिय अभियानको रुपमा गाउँपालिकाले याेजना अगाडि बढाउन जरुरी रहेको बताउनुभयो । गाउँ सभा गाउँपालिका अध्यक्ष मनाेज राईको सभा अध्यक्षतामा सञ्चालन भएको थियोे । सभा अध्यक्षले अधिवेशन सम्पन्न भएको जानकारी गराउनु हुदै सभा अध्यक्ष राईले आज राति चैत सात गते १२ बजे देखि हिउँदे अधिवेशन अन्त्य भएको घाेषणा गर्नु भएको थियोे ।