काठमाडौं – गायक अनुराग लामाको शब्द-सङ्गीतमा बिल्कुलै नयाँ गीत ‘असन गल्ली इन्द्रचोक’ सार्वजनिक भएको छ। काजल तामाङको अफिसियल युट्युब च्यानल मार्फत यो गीत श्रोतामाझ ल्याइएको हो।
गीतमा अनुराग लामाकै शब्द र सङ्गीत रहेको छ भने, एरेन्ज र मिक्सिङ प्रयास दोङले गरेका छन्। केशर तामाङ र काजल तामाङको सुमधुर आवाज रहेको यस गीतमा माया–पिरतीको भावलाई जीवन्त रूपमा प्रस्तुत गरिएको छ।
श्रोताहरूको राम्रो प्रतिक्रिया पाइरहेको यो गीतले नेपाली सङ्गीतप्रेमीलाई नयाँ स्वाद दिन सफल हुने अपेक्षा गरिएको छ।












