ललितपुर १४ चैत ।तामाङ सांगीतिक जगतका मिलनसार गीतका निर्माता एस. के. शिशिर लामा र कञ्चन शेर्पाको सहकार्यमा नयाँठट्यौली सेलो दोहोरी गीत ‘बैशमा आँखा देख्दैन’ सार्वजनिक भएको छ। SK Shishir Jo jo Official युट्युबच्यानल मार्फत सार्वजनिक गरिएको यस गीतले अहिले श्रोता तथा दर्शकमाझ निकै चर्चा पाई रहेको छ।
यस गीतका गीतकार पृथक शब्दकार धनराज लामा हुन्, जसका अनुसार यो उनको ३२ औं गीतीय सिर्जना हो। गीतकोसंगीत संयोजन तथा ध्वनि मिश्रण अर्पण थिङले गरेका छन् भने स्वरमा गायक अर्पण थिङ र गायिका लमु शेर्पा रहेकाछन।

‘बैशमा आँखा देख्दैन’ गीतमा तामाङ र शेर्पिनी युवा–युवती बीच टिकटक लाइभमा भएको भेटघाट, प्रेम सम्बन्धकोसुरुवात तथा समाजमा जात, धर्म र धन भन्दा मनको सुन्दरता नै मुख्य कुरा हो भन्ने सन्देश समेटिएको छ।












