
काठमाडौं, – सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले बानेश्वर-तीनकुने क्षेत्रका विभिन्न स्थानमा कर्फ्यु आदेश जारी गरेको छ।
प्रशासनले जारी गरेको आदेशअनुसार निम्न स्थानहरूमा कर्फ्यु लागु हुनेछः
• गौशालादेखि एयरपोर्ट, गैरीधारा, तीनकुने हुँदै कोटेश्वर
• कोटेश्वरदेखि जडिबुटी पुल
• कोटेश्वरबाट बालकुमारी पुलसम्म
• बानेश्वर चोकदेखि शंखमुल पुलसम्म
• गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँ बानेश्वर चोकसम्म
कर्फ्यु आदेश उल्लंघन गर्नेहरूलाई कानुनी कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ। सुरक्षाका कारण जनतालाई सचेत रहन र प्रशासनको निर्देशन पालना गर्न आग्रह गरिएको छ।













