काठमाडौं-  काठमाडौं जिल्ला अदालतले तीनकुने घटनामा पक्राउ परेका राप्रपा नेताद्वय धवलशमशेर राणा र रवीन्द्र मिश्रसहित ११ जनालाई पाँच दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

न्यायाधीश तारादेवी महर्जनको इजलासले राज्यविरुद्धको कसुरमा अनुसन्धान गर्न प्रहरीलाई पाँच दिनको समय दिएको हो। त्यसैगरी, अदालतले आपराधिक उपद्रवसम्बन्धी कसुरमा अन्य ३० जनालाई पनि पाँच दिन हिरासतमा राख्न अनुमति प्रदान गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय