काठमाडौं – युवा गायक तथा सङ्गीतकार सरोज तामाङले आफ्नो नयाँ तामाङ आधुनिक गीत ‘एसे ङादा ख्लासी निसाई’ सार्वजनिक गर्ने भएका छन्। Sagun Media मार्फत सार्वजनिक हुन लागेको यस गीतमा शब्द, सङ्गीत र स्वर सबै सरोज तामाङकै रहेको छ।

गीतलाई कुशल मोक्तनले एरेन्ज तथा मिक्सिङ गरेका छन्। ‘एसे ङादा ख्लासी निसाई’ प्रेम कथामा आधारित गीत हो, जसमा दुई युवा-युवतीबीचको प्रेम, विछोड र वेदनालाई भावनात्मक रूपमा प्रस्तुत गरिएको छ। प्रेममा समर्पणको गहिरो अनुभूति यस गीतमार्फत दर्शाउन खोजिएको छ।

गायक सरोज तामाङले सङ्गीतलाई जीवनको अभिन्न अङ्गका रूपमा लिँदै, फुर्सदको समयमा मनोरञ्जनका लागि यस क्षेत्रमा सक्रिय भएको बताए। उनका अनुसार सङ्गीत सिर्जना मात्रै नभई भावना व्यक्त गर्ने माध्यम पनि हो।

गीत चाँडै नै Sagun Media को आधिकारिक युट्युब च्यानल तथा अन्य डिजिटल प्लेटफर्महरू मार्फत सार्वजनिक गरिनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय