वीरगन्ज चैत्र ३०- वीरगन्जको छपकैया क्षेत्रमा हिन्दु समुदायको र्‍यालीमाथि अवरोध भएपछि दुई समुदायबीच झडप भएको छ। हनुमान जयन्तीको अवसरमा शनिबार बेलुकी भएको झडपपछि स्थिति तनावग्रस्त बनेको छ।

झडपका क्रममा ज़ाइज़ बिरयानीसहित केही पसलमा आगजनी भएको जनाइएको छ। स्थानीयका अनुसार र्‍यालीमा घरको छतबाट ढुंगा प्रहार भएपछि स्थिति बिग्रिएको थियो।

स्थिति नियन्त्रणबाहिर जान नदिन पर्सा जिल्ला प्रशासन कार्यालयले आइतबार मध्यान्ह १२ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ। क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ र प्रहरीले स्थिति नियन्त्रणमा लिन प्रयास गरिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय