
शैलुङ, दोलखा —शैलुङ गाउँपालिकाका अध्यक्ष रिमालबाबु श्रेष्ठले नयाँ वर्ष २०८२ को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण शैलुङबासीमा शुभकामना व्यक्त गर्नुभएको छ। उहाँले आमाबुवा, दाजुभाइ, दिदीबहिनीहरुमा नयाँ आशा, अपार उत्साह, दृढ संकल्प, आपसी समझदारी र सहयोगको भावना थप सुदृढ बनाउने कामना गर्नुभएको छ।
शुभकामना सन्देशमार्फत अध्यक्ष श्रेष्ठले गाउँपालिकामा सुलभ स्वास्थ्य सेवा, गुणस्तरीय शिक्षा, सामाजिक समावेशिता, आर्थिक समृद्धि, कृषि, पूर्वाधार र पर्यटन विकासमा उल्लेखनीय प्रगति हुने विश्वास व्यक्त गर्नुभएको छ।
उहाँले नयाँ वर्षले सुशासनयुक्त स्थानीय शासन प्रणालीको विकास गर्दै समृद्ध भविष्यतर्फ अघि बढ्न सकियोस् भन्ने शुभकामनासमेत दिनुभएको छ। अध्यक्ष श्रेष्ठले सम्पूर्ण गाउँवासीको सुख, शान्ति र समृद्धिको कामना गर्दै हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो।