शैलुङ, दोलखा —शैलुङ गाउँपालिकामा स्थानीय युवाहरुलाई लक्षित गरी “विल्डिङ्ग इलेक्ट्रीसियन” विषयक निःशुल्क तालिम सञ्चालन हुने भएको छ। जिनियस मल्टी टेक्निकल इन्स्टिच्युट प्रा. लि., पोखरा–१० को संयोजनमा र नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत वैदेशिक रोजगार बोर्डको सचिवालय, बबरमहल, काठमाडौँको आर्थिक सहयोगमा तालिमको आयोजना गरिएको हो।

गाउँपालिकाको रोजगारी सेवा केन्द्रमार्फत सहजीकरण हुने तालिम १६० घण्टा अवधि लामो हुनेछ र कुल ४० जना सहभागी हुन सक्नेछन्। तालिम शैलुङ गाउँपालिकामै सञ्चालन हुने र इच्छुक युवाहरुलाई आवेदन दिन आग्रह गरिएको छ।

आवेदन दिने अन्तिम म्याद २०८२ साल बैशाख ७ गतेसम्म रहेको छ। इच्छुक व्यक्तिहरुले शैलुङ गाउँपालिकाको रोजगारी सेवा केन्द्रमा सम्पर्क गरी आवेदन दिन सक्नेछन्।

यो तालिमले स्थानीय युवाहरुलाई दक्ष जनशक्ति बनाउँदै स्वरोजगार र रोजगारीको अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय