दोलखा, सैलुङ ।नयाँ वर्ष २०८२ सालको पहिलो दिन सैलुङमा आन्तरिक तथा बाह्य पर्यटकहरूको ठूलो भीड देखिएको छ। पर्यटकीय गन्तव्यका रूपमा चर्चित सैलुङमा सोमबार करिब ५० हजारभन्दा बढी पर्यटक पुगेको अनुमान गरिएको छ।

पर्यटकहरूको अत्यधिक भिडका कारण सैलुङ क्षेत्र फोहोरले भरिएको थियो। धेरैजसो पर्यटकहरू घरबाट नै खानेकुरा लिएर आएका थिए र एकै ठाउँमा भेला भएर खानेक्रममा प्लास्टिकजन्य फोहोरको मात्रा उच्च देखिएको हो।

यसलाई ध्यानमा राख्दै शैलुङ गाउँपालिकाले मंगलबार सफाइ अभियान सञ्चालन गरेको छ। गाउँपालिका अध्यक्ष रिमालबाबु श्रेष्ठ ले पर्यावरणीय संरक्षण र स्वच्छता कायम गर्न सबै सरोकारवालाको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै पर्यटकहरूको सहजताको लागि सरसफाइ तथा पूर्वाधार विकासमा समेत ध्यान दिइने बताए।

सैलुङको बढ्दो लोकप्रियताका कारण यहाँ पर्यटकीय पूर्वाधार विस्तारको खाँचो तीव्र रूपमा महसुस गरिएको छ। गाउँपालिकाले आगामी दिनमा फोहोर व्यवस्थापनदेखि लिएर सुरक्षित पर्यटक मार्ग र विश्रामस्थल निर्माणका योजना अघि बढाउने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय