काठमाडौं, बुधबार — बालुवाटार क्षेत्रमा कबाडी संकलकसँग दुर्व्यवहार गरेको आरोपमा काठमाडौं महानगरपालिकाले एक नगर प्रहरीमाथि कारबाही गरेको छ। बुधबार बिहान करिब ८ बजे कवाडी सामग्री संकलन गरिरहेका एक व्यक्तिको साइकल खोसी उनीमाथि अमर्यादित व्यवहार गरिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि यस घटनाले चर्चा पाएको हो।

घटनापछि काठमाडौं महानगरपालिका-४ अन्तर्गत कार्यरत नगर प्रहरीले गैरव्यवसायिक र अमानवीय व्यवहार देखाएको ठहर गर्दै महानगरपालिकाले उक्त प्रहरीलाई तत्काल जिम्मेवारीमुक्त गरेको हो।

महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बुधबार एक विज्ञप्ति जारी गर्दै घटना सम्बन्धी प्रारम्भिक छानबिनपछि दोषी ठहरिएकालाई पदमुक्त गरी महानगरको केन्द्रीय कार्यालयमा तानिएको जानकारी दिएका छन्।

यस घटनाले सामाजिक सञ्जालमा व्यापक आलोचना र प्रतिक्रिया सिर्जना गरेको थियो।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय