काठमाडौँ —त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वदेश फर्किएका एक युवामाथि दुर्व्यवहार गरेको घटनामा संलग्न तीन जना प्रहरी कर्मचारीलाई हटाइएको छ।
गत चैत ३१ गते विमानस्थल सुरक्षा कार्यालय, गौचरमा खटिएका ती प्रहरीहरूले अमर्यादित व्यवहार गरेको भिडियो सार्वजनिक भएपछि प्रहरी संगठनले उनीहरूलाई काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा तानेर छानबिन अघि बढाएको हो।
प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै अनुशासन उल्लंघनमा शून्य सहनशीलता अपनाइने बताएका छन्।