काठमाडौं, १८ अप्रिल — पुनर्वास नगरपालिकाले ख्रीष्टियन धर्मावलम्बीहरूको महान् पर्व गुड फ्राइडे (पवित्र शुक्रबार) तथा ईस्टर सन्डे (पुनरुत्थान दिवस) को अवसरमा ख्रीष्टियन समुदायप्रति शुभकामना व्यक्त गर्दै सार्वजनिक स्थानीय बिदा दिने निर्णय गरेको छ।

नगर कार्यपालिकाको मिति २०८१/०१/०५ गतेको निर्णयअनुसार, यस वर्षको ईस्टर सन्डे परेका २०८१/०१/०७ गते आइतबार को दिन पुनर्वास नगरपालिकाभित्र सार्वजनिक बिदा लागू गरिने छ।

यस अवसरमा नगर प्रमुख तोयनाथ शर्मा, नगर उपप्रमुख भुलिया कुमारी राना, र प्रमुख प्रशासकीय अधिकृत तिलक प्रसाद रिजाल ले ख्रीष्टियन समुदायलाई शुभकामना दिँदै, “पर्वले आपसी समझदारी, धार्मिक सहिष्णुता र सामाजिक सद्भावलाई अझ मजबुत बनाओस्,” भन्ने शुभेच्छा व्यक्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय