ललितपुर– तामाङ सङ्गीतिक क्षेत्रमा पृथक शैली र भावनाका लागि परिचित शब्दकार धनराज लामाको ३३औं  शब्द रचनामा आधारित नयाँ गीत “क्राना लाजी” सार्वजनिक हुन लागेको छ। प्रस्तुतकर्ता कुमारी भोम्जन तामाङ रहेको यो गीत प्रताप जिम्बा अफिसियल युट्युब च्यानलमार्फत आउँदो मङ्गलबार सार्वजनिक गरिने भएको छ।

गीतमा शब्द रचना धनराज लामाको रहेको छ भने सङ्गीत प्रताप जिम्बाले र सङ्गीत संयोजन जोगलाल लामाले गरेका छन्। साथै, ध्वनि समिश्रणको काम सानुबाबु घिसिङले सम्हालेका छन्। गीत सर्गम डिजिटल स्टुडियोमा रेकर्ड गरिएको हो।

“क्राना लाजी” गीतमा चर्चित गायिका जितु लोप्चनको एकल स्वर रहेको छ। गीतले विशेषगरी एक महिलाले अर्काको घरमा गएपछि भोग्नुपरेको पीडा र भोगाइलाई मार्मिक ढंगले प्रस्तुत गरेको छ। गीतमार्फत ती महिलाले आफ्नो जीवनको दुखद पक्षलाई उजागर गर्दै आन्तरिक पीडा पोख्ने प्रयास गरिएको छ।

यस गीतबाट तामाङ समाज र समग्र नेपाली संगीतप्रेमीहरूले गहिरो सन्देश र भावनाको अनुभूति गर्न सक्ने आशा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय