
ललितपुर, बैशाख – ललितपुर महानगरपालिकाले आन्तरिक समन्वयमा शिक्षा सत्र २०८२ का लागि विद्यालय सञ्चालनसम्बन्धी महत्वपूर्ण सूचना सार्वजनिक गरेको छ। महानगरपालिकाले सबै सामुदायिक विद्यालयहरूलाई २०८२ सालको शैक्षिक कार्यक्रम सञ्चालन गर्न तथा विद्यार्थी भर्ना लगायत शैक्षिक क्रियाकलापहरू नियमितरूपमा अघि बढाउन अनुरोध गरेको छ।
विद्यालय सञ्चालनका सन्दर्भमा उच्च अदालतको आदेशअनुसार देशभरका बालबालिकालाई नियमित विद्यालय पठाउन पाउने संवैधानिक अधिकारलाई ध्यानमा राखी, महानगरपालिकाले आन्तरिक सामुदायिक विद्यालयहरूलाई २०८२ साल वैशाख १६ गतेदेखि नियमित पठनपाठन, विद्यार्थी भर्ना र अन्य शैक्षिक क्रियाकलापहरू पूर्णरूपमा सञ्चालन गर्न निर्देशन दिएको हो।

महानगरपालिकाका प्रवक्ता राजु महर्जनद्वारा हस्ताक्षरित सूचनामा शिक्षण संस्थाहरूलाई पठनपाठन अवरुद्ध नगर्न र विद्यालय वातावरणलाई नियमित बनाउन विशेष आग्रह गरिएको छ।