
कैलाली, वैशाख।टीकापुर नगरपालिका–९, झुङ्गामा आयोजित खबरदारी सभामा विभिन्न राजनीतिक दल परित्याग गरी नेताहरू नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन्।
सभामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) टीकापुर नगर अध्यक्ष प्रकाश अधिकारी, नेकपा (एमाले)का अर्जुन गहतराज, शुशिल गोडिया र अमर बम तथा नेपाली कांग्रेसकी प्रकृति ढुंगाना लगायत अन्य नेताहरूले औपचारिक रूपमा माओवादी केन्द्रमा प्रवेश गरेका हुन्।

उनीहरूलाई पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टिका र माला लगाई पार्टीमा स्वागत गरे।
कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले पार्टीमा नयाँ ऊर्जा थपिएको भन्दै आगामी दिनमा जनताको पक्षमा अझ सशक्त संघर्ष अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे।