१७ बैशाख, धनकुटा – शिक्षकहरुको आन्दोलनका कारण सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको भविष्य अन्यौलमा परेको भन्दै धनकुटा नगरपालिकाभित्रका विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुले मंगलबार नगरप्रमुख चिन्तन तामाङलाई संयुक्त ज्ञापनपत्र बुझाएका छन्।

धनकुटा नगरपालिकामा रहेका ३९ वटा सामुदायिक विद्यालयका अध्यक्षहरुले शिक्षा सेवालाई आधारभूत सेवा घोषणा गर्न, नियमित पठनपाठन सुनिश्चित गर्न तथा शिक्षकका जायज मागप्रति सरकारले गम्भीरता देखाउन माग गरेका छन्। साथै, विद्यालय संचालन सुनिश्चित गर्न र विद्यार्थीहरुलाई सहज पठनपाठनको वातावरण उपलब्ध गराउन नगरपालिकाको भूमिका प्रभावकारी हुनुपर्ने उनीहरूको जोड छ।

ज्ञापनपत्र बुझाउने क्रममा गोकुण्डेश्वर बालमन्दिर विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजेन्द्र खडकाले विद्यालय दुई दिनभित्र सञ्चालनमा नआए नगरपालिका घेराउ गर्न बाध्य हुने चेतावनीसमेत दिए।

सो अवसरमा राष्ट्रिय अभिभावक संघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष सुन्दरबाबु श्रेष्ठले विद्यालय सञ्चालनमा सहजीकरण गरिदिन नगरप्रमुख तामाङलाई आग्रह गरे।

ज्ञापनपत्र बुझेपछि नगरप्रमुख चिन्तन तामाङले यथासक्य विद्यालय सञ्चालनमा सहजीकरण गर्ने प्रतिवद्धता जनाउँदै शिक्षकका जायज मागलाई सरकारले सम्बोधन गर्नुपर्ने र शिक्षकमैत्री तरिकाले समाधान खोजिनुपर्ने धारणा व्यक्त गरे। उनले शिक्षकहरु पनि लचकता अपनाउनुपर्नेमा जोड दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय