काठमाडौं, बैशाख — तामाङ राष्ट्रिय मुक्तिमोर्चा नेपालको प्रथम बागमती प्रदेश अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले क. कर्मा लोप्साङ लामाको अध्यक्षतामा ११५ सदस्यीय तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपाल बागमती प्रदेश कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेको छ।

नवगठित समितिमा उपाध्यक्षमा चितवनकी क.सविता तामाङ, सिन्धुपाल्चोकका क.बयान बहादुर तामाङ, र मकवानपुरका क.दिपकसिं तामाङ चयन भएका छन्। सचिवमा भक्तपुरका क. हिरालाल दोङ, सह-सचिवमा दोलखाका क. हिरोज लोप्चन, धादिङका क.बिरबहादुर तामाङ र रसुवाका क. पेम्बा छेवाङ तामाङ रहेका छन्। कोषाध्यक्षमा ललितपुरका क.छिरिङ तामाङ चयन भएका छन्।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुनुहुन्थ्यो। साथै, कार्यक्रममा अन्य विशिष्ट अतिथि, प्रतिनिधिहरू र तामाङ समुदायका सयौं क्रियाशील सदस्यहरूको उत्साहजनक उपस्थिति रहेको थियो।

नव-निर्वाचित सम्पूर्ण कार्यसमितिले आगामी दिनहरूमा तामाङ समुदायको हक, अधिकार र पहिचानको सवालमा सशक्त भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय