ललितपुर, बैशाख— तामाङ सांगीतिक क्षेत्रका प्रख्यात शब्दकार धनराज लामाको ३३औं रचना “क्राना लाजी” नामक नयाँ गीत हालै सार्वजनिक गरिएको छ। गीतमा एक तामाङ महिलाको जीवनमा अर्काको घरमा गएपछि भोग्नु परेको पीडा र अनुभवलाई गहिरो भावनात्मक शैलीमा प्रस्तुत गरिएको छ।
उक्त गीत कुमारी भोम्जन तामाङको प्रस्तुतीमा प्रताप जिम्बा अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो। गीतमा शब्द धनराज लामाको, संगीत प्रताप जिम्बाको र संगीत संयोजन जोगलाल लामाको रहेको छ। सानुबाबु घिसिङ्ले ध्वनि समिश्रणको जिम्मेवारी सम्हालेका छन् भने गीत सर्गम डिजिटल रेकर्ड स्टुडियोमा रेकर्ड गरिएको हो।
गीतमा चर्चित गायिका जितु लोप्चनको एकल स्वर सुन्न सकिन्छ। गीत विशेष गरी विवाहपश्चात महिलाले जीवनमा भोग्ने मानसिक पीडा र संघर्षलाई उजागर गर्छ।
“क्राना लाजी” ले तामाङ समुदाय मात्र होइन, समग्र नेपाली समाजमा गहिरो सन्देश पुर्याउने अपेक्षा गरिएको छ। श्रोताहरूले गीतबाट महिलाको संवेदनशील भावनाहरू महसुस गर्दै सामाजिक यथार्थ प्रति सोच्न प्रेरणा पाउने विश्वास लिइएको छ्।












