शैलुङ, २९ बैशाख  – बुद्धजयन्तीको अवसरमा शैलुङ गाउँपालिकाले धार्मिक तथा पर्यटकिय स्थल शैलुङ सरसफाई गरेको छ। शैलुङ गाउँपालिकाका अध्यक्ष रिमाल बाबु श्रेष्ठज्यूको अध्यक्षतामा सम्पन्न कार्यक्रमबाट शैलुङ सरसफाई  गरिएको हो।

 

उक्त अभियानमा जनप्रतिनिधि, पालिकाका कर्मचारी, बजार व्यवस्थापन समितिका पदाधिकारी, सुरक्षाकर्मीहरू तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रह्यो। सबैको संयुक्त प्रयासले कार्यक्रम भव्य र सफल रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ ।

 

शैलुङ गाउँपालिकाले “सकिन्छ शैलुङ क्षेत्रलाई सफा राखौं, सकिँदैन भने फोहोर नगरौं” भन्ने नाराका साथ स्वच्छता अभियानलाई निरन्तरता दिने प्रतिवद्धता जनाएको छ।

 

शैलुङ जस्तो पर्यटकीय सम्भावना बोकेको क्षेत्रमा स्वच्छता र सरसफाईलाई प्राथमिकतामा राख्नु पर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। सरसफाई अभियानले जनचेतना अभिवृद्धिमा समेत टेवा पुर्‍याउने विश्वास लिइएको छ।

 

गाउँपालिकाले कार्यक्रममा सहभागी भई सहयोग पुर्‍याउने सबैप्रति हार्दिक आभार प्रकट गरेको छ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय