काठमाडौं, जेठ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा पूर्वमन्त्री क. विशाल खड्का (दोलखा पार्टी इञ्चार्ज) को प्रमुख आतिथ्यतामा तामाकोशी काठमाडौं सम्पर्क समन्वय समितिको पाँचौं सम्मेलन भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा नेता शंकर लामा, कमल श्रेष्ठ (ज्योती), सन्तोष के.सी. लगायत जिल्ला सम्पर्क मञ्चका अन्य नेता तथा कार्यकर्ताहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।

सम्मेलनबाट ठाकुर कुमार खड्काको अध्यक्षतामा २५ सदस्यीय नयाँ समिति सर्वसम्मत रूपमा चयन गरिएको छ। नवगठित समितिमा कल्पना फुयाँल र भीम देवकोटा उपाध्यक्ष, रमेश तामाङ सचिव, दीप चौलागाईं सह-सचिव र प्रविना सुनुवार कोषाध्यक्ष पदमा चयन भएका छन्।
सम्मेलनले संगठनात्मक एकता, सक्रियता र सशक्त जनसंपर्कलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएको छ।












