
काठमाडौं ,जेठ – गैरआवासीय नेपाली संघ(एनआरएनए)का नवनिर्वाचत महासचिव बीआर लामाले पहिचान माग्नेविषय नभएको उल्लेख बताएका छन् । शनिबार काठमाडौंको बौद्धस्थित सेकुवा जक्सनमा तामाङ चलचित्र संघलेआयोजना गरेको अन्तरक्रिया कार्यक्रममा महासचिव लामाले यस्तो बताएका हुन् ।
‘पहिचान माग्ने हैन बनाउने हो। कुलमानले पहिचान मागेको हैन, आफैले बनाएको हो। सबैले पहिचान बनाएकोहो। पहिचान बनाउन समय खर्च गरौ,’ लामाले भने ।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका उनले तामाङ चलचित्र संघले संस्कृतिसहितको चलचित्र बनाउने सीप नयाँपुस्तामा हस्तान्तर गर्न सक्नुपर्ने सुझाव दिए ।
अन्तरराष्ट्रिय तामाङ परिषद्का महासचिव टासी लामाले साँस्कृतिक पहिचानसहितको तामाङ चलचित्रविश्वव्यापी रुपमा प्रचार गर्नका लागि तयार रहेको बताए । उनले रोजगारका लागि सरकारले कुनै परिस्थितिसिर्जना नगर्दा दैनिक रुपमा युवाहरु विदेश गइरहेको उल्लेख गरे । जसकारण देश असफलतिर लागिसकेकोमहासचिव लामाको भनाई थियो ।
कार्यक्रममा तामाङ समाज जापानका अध्यक्ष कर्साङ तामाङले अबको दुई वर्षपछि अन्तरराष्ट्रिय तामाङ सम्मेलनजापानमा हुने उल्लेख गर्दै नयाँ तामाङ चलचित्र संघमा एकता हुनुपर्ने बताए । प्रवासमा गायक र गायिकामात्र जोडदिँदा तामाङ कलाकारहरुले भने अवसर कमै पाएको उल्लेख गरे । उनले जापानमा हुने तामाङ सम्मेलनमा २०भन्दा बढि तामाङ कलाकार उपस्थित हुने अवसर आफूले सिर्जना गर्ने प्रतिबद्धता जनाए ।
तामाङ समाज कतारका संरक्षक शंखलाल तामाङले प्रवासमा तामाङ चलचित्र चलाउन मुश्किल हुने बताए ।‘तामाङ चलचित्र हाम्रो समाजमा चलाउनै मुश्किल छ। यसलाई कसरी चलाउने लिडरसिपमा भर पर्छ,’ उनले भने, ‘बजेटमा समस्या छ। नयाँ जेनेरेसनलाई कसरी अघि बढाउन सकिन्छ यसबारे सोच्नुपरो ।‘
वाईबा समाजका अध्यक्ष बिगेन्द्र वाइबाले चलचित्र विधा भाषा र संस्कृतिको सवालमा प्रभावकारी माध्यम भएकोबताए । उनले अबका दिनमा प्रवासीको विषयमा पनि यस विषयमा उठान गर्न सुझाए ।
तामाङ कलाकार संघका उपाध्यक्ष अमर लामाले अहिले तामाङ चलचित्र कमजोर अवस्थामा पुगेको बताए ।‘हामीमा एकता छैन । गिभमात्र भयो, टेक भएन । तामाङ चलचित्र मरेतुल्य भएको छ । कलाकार गल्लीमाभौतारिनु परेको छ। तामाङ घेदुङले पनि हेरेन। तामाङ चलचित्रकर्मी अब सक्रिय हुन्छ ।‘
कार्यक्रममा तामाङ पत्रकार संघका अध्यक्ष नेत्र तामाङ, तामाङ कलाकार संघका अध्यक्ष विशाल काल्तान, तामाङ चलचित्र संघ कोशीका अध्यक्ष भीम लामालगायतले मन्तव्य राखेका थिए ।
चार जनालाई सम्मान
तामाङ चलचित्र संघले गैरआवासीय नेपाली संघ(एनआरएनए)का नवनिर्वाचत महासचिव बीआर लामासहित ४जनालाई सम्मान गरेको छ । शनिबार काठमाडौंको बौद्धस्थित सेकुवा जक्सनमा संघले एक कार्यक्रम आयोजनागर्दै लामासहित ४ जनालाई सम्मान गरेको हो ।
सम्मानति हुनेमा तामाङ समाज जापानका अध्यक्ष कर्साङ तामाङ, तामाङ समाज कतारका संरक्षक शंखलालतामाङ र अभियन्ता फुर्बा दोर्जे मोक्तान रहेका छन् ।