
काठमाडौं, जेठ – प्राचीन अनुवाद एकमात्रि गुरुसंघ नेपालको सभाहलमा सम्पन्न भेलाले ‘थोकर कुल समाज’ नामाकरण गर्दै वंशावली खोज तथा अनुसन्धानको कार्यलाई संस्थागत गर्न तदर्थ समिति गठन गरे को छ ।
भेलाले थोकर वंशावली निर्माण समितिको संयोजक– डा मुक्तसिंह थोकरलाइ चयन गरेको छ भने कमल थोकरको संयोजकत्वमा २१ सदस्यीय तदर्थ समिति गठन गर्दै पाँच वटा विषयगत उपसमितिहरु पनि गठन गरेको छ। समितिहरुमा वंशावली अध्ययन तथा इतिहास लेखन समिति, आर्थिक व्यवस्थापन समिति, थोकर कुलपूजा समिति, सल्लाहकार समिति र कानुनी सल्लाहकार समिति रहेका छन्। आवश्यकताअनुसार थप उपसमिति विस्तार गरिने समितिले जनाएको छ।

उक्त भेलामा दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रे, धादिङ, नुवाकोट, रसुवा, मकवानपुर, महोत्तरी, सिन्धुली र सर्लाहीका थोकर दाजुभाई तथा दिदीबहिनीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा कुमार थोकरले सबै क्षेत्रका थोकर समुदायका सदस्यहरुलाई ‘थोकर कुल समाज’मा आबद्ध भई वंशावली निर्माण र संरक्षणको अभियानमा एकजुट हुन आग्रह गरे।
‘थोकर कुल समाज’ले वंशावली खोज, ऐतिहासिक दस्तावेज संकलन, संस्कृतिक पहिचानको संरक्षण तथा भावी पुस्तालाई समर्पित एउटा साझा संस्थाको रुपमा कार्य गर्ने बताइएको छ।