धनकुटा ।

जिल्ला प्रहरी कार्यलय धनकुटाकाे सुबिधा सम्पन्न नवनिर्मित प्रशासनिक भवन उदघाटन कार्यक्रम सम्पन्न भएको छ । जेठ १गते बिहिवार कार्यक्रमका प्रमुख अतिथि प्रहरी महानिरिक्षक दिपक थापाले नवनिर्मित भवन रिबन काटेर उदघाटन गर्नु भएको हाे । उत्त भवन नेपाल सरकारकाे नियमित बजेट ९ कराेड ९९ लाख ८० हजार १ सय ८५ रुपैया लागतमा निर्माण कार्य सम्पन्न भएको उत्त उदघाटन कार्यक्रममा जानकारी गराएको थियोे ।उदघाटन कार्यक्रममा जिल्ला स्थित सुरक्षा निकाएका प्रमुख, विभिन्न सरकारी गैहेरसरकारी कार्यलय प्रमुख ,विभिन्न राजनैतिक दलका प्रमुख ,स्थानीय समाजसेवी ,सञ्चारकर्मी , विभिन्न संघ संस्था प्रमुखकाे उपस्थिति थियोे । नवनिर्मित भवनकाे भाैत्तिक संरचनाहरुमा महिला मैत्री हिरासत ,व्यारेक भवन,कार्यलय प्रमुख , कार्यलय प्रमुख आवास,सिनियर प्रहरी आवास ,भान्सा घर ,शाैचालय ,स्नान घर लगायत सुविधा रहेकाछन् ।

oplus_1026

साेहिअवसरमा जिल्ला स्थिति प्रहरी पाेष्ट निर्माण गर्न कार्यलय राख्नका लागि जग्गा दान गर्ने जग्गा दाताहरूलाा सम्मान गरिएको थियोे भने असाह्य बाल पुनःस्थापन केन्द्रका बालबालिकालाई स्टेसनरी सामाग्री प्रदान गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय