काठमाडौं, जेष्ठ – नेकपा माओवादी केन्द्रका नेता तथा दोलखा जिल्लाबाट निर्बाचित प्रतिनिधि सभा सदस्य माननीय गंगा कार्कीको  पिता टेक बहादुर कार्कीको निधन भएको छ। उहाँ ८० वर्षको उमेरमा हिजोराती ८ बजे महाराजगञ्जस्थित टिचिङ अस्पतालमा दिवंगत हुनु भएको हो।

स्व. कार्की लामो समयदेखि स्वास्थ्य समस्याका कारण उपचाररत हुनुहुन्थ्यो। पारिवारिक स्रोतका अनुसार उहाँको अन्त्येष्टि आज बिहान ११ बजे पशुपति आर्यघाटमा सम्पन्न हुने छ।

स्व. कार्कीको निधनप्रति नेकपा माओवादी केन्द्रका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूले गहिरो दुःख व्यक्त गरेका छन्। शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दै स्व. कार्कीको आत्माको चिरशान्तिको कामना गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय