पोखारा, १२ जेठ – युवा संघ नेपालको बहुप्रतीक्षित महाधिवेशनको पूर्वसन्ध्यामा संगठनभित्र नयाँ राजनीतिक मोड आएको छ। युवा संघ नेपालका चर्चित नेता राजन थापाले महासचिव पदको उम्मेदवारी औपचारिक रूपमा फिर्ता लिँदै सुमन पुरी नेतृत्वको प्यानललाई समर्थन गर्ने घोषणा गरेका छन्।

थापाले भने, “युवा संघको एकता, सुदृढ संगठन निर्माण र आगामी दिनमा संगठनलाई अझ प्रभावकारी बनाउन सुमन पुरी नेतृत्व योग्य र दूरदर्शी देखिएकोले म आफ्नो व्यक्तिगत आकांक्षाभन्दा संगठनको हितलाई प्राथमिकता दिएको हुँ।”

सुमन पुरीले थापाको निर्णयलाई स्वागत गर्दै भने, “राजन थापाजस्तो प्रतिबद्ध र अनुभवी नेताको समर्थनले हाम्रो अभियानमा थप ऊर्जा मिलेको छ। अब हामी सबै मिलेर युवा संघलाई एकजुट गर्दै अगाडि बढ्छौं।”

थापाको यो कदमलाई राजनीतिक वृत्तमा संगठनभित्र सहमति र एकताको संकेतका रूपमा हेरिएको छ। महाधिवेशनमा अन्य पदाधिकारीहरूका लागि पनि समिकरणमा प्रभाव पर्ने विश्लेषकहरूको अनुमान छ।

युवा संघ नेपालको महाधिवेशन यही जेठ ९ गतेदेखि पोखारामा चलिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय