ललितपुर, जेठ । नेपाल पत्रकार महासंघ ललितपुर शाखाको समन्वयमा क्रियाशिल पत्रकारहरूलाई लक्षित गरेरललितपुरमा एकदिने बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
जनस्वास्थ्य कार्यालय ललितपुर र बज्रबराही चापागाउँ अस्पतालको संयोजन तथा पत्रकार महासंघ ललितपुरकोसमन्वयमा शुक्रबार बृहत् स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

स्वास्थ्य शिविरमा विभिन्न नसर्ने रोगहरूको परिक्षण, भिडियो एक्सरे, मुटु तथा मृर्गौला परिक्षण, आँखा, दन्त, मधुमेह, आरएफटि, एलएफटि, सिबिसी, स्त्री लगायत रोगको निःशुल्क परीक्षण गरिएको थियो । शिविरमा ६०वर्ष नाघेका पत्रकारलाई निःशुल्क चश्मा वितरण गरिएको थियो ।
ललितपुर शाखा अध्यक्ष रामहरि कार्कीले शिविरमा ७७ जना पत्रकारले स्वास्थ्य परिक्षण गरि लाभान्वित भएकोबताए । उनले शिविर निक्कै प्रभावकारी भएको र पत्रकारहरूले यसबाट लाभ लिन सफल भएको जनाए ।
परिक्षण गरेका पत्रकारहरू मध्ये अधिकांशमा सुगर र प्रेसरको समस्या देखिएको पाइएको छ । ७७ मध्ये २७जनामा सुगरको लक्षण र १० जनामा प्रेसरको लक्षण देखिएको बज्रबराही चापागाउँ अस्पतालका डा. अमरदिपसाहले जानकारी दिए । पत्रकारहरू अरूलाई सूचना र खबरदारी गर्न दिनरात खटिरहदा आफ्नो स्वास्थ्यमा पनिख्याल गर्न आवश्यक रहेको उनको भनाई छ ।
बज्रबाराही चापागाउँ अस्पतालका मेडिकल सुपरटेन्ड डा. अंकुर पौडेलले पत्रकारहरू आफ्नो स्वास्थ्यमा सचेत हुनआवश्यक रहेको उल्लेख गरे ।
जनस्वास्थ्य कार्यालय, ललितपुरका प्रमुख डा. भुवन पौडेलले पत्रकार महासंघसँग समन्वय गरेर पत्रकारहरूकोलागि स्वास्थ्य चेकजाँच गर्न पाउँदा खुसी व्यक्त गरे । उनले यस्ता कार्यलाई निरन्तरता दिने प्रतिवद्वता समेत जनाए। उनले शरिर स्वस्थ्य रहेमात्र पेशामा खरो रुपमा उत्रिन सकिने भन्दै पत्रकारलाई स्वास्थ्य रहन आग्रह गरे ।
नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिका अध्यक्ष टेनिस रोकाले स्वास्थ्य शिविर भव्य रूपमा सम्पन्नगरेकोमा ललितपुर शाखा, जनस्वास्थ्य कार्यालय, ललितपुर र बज्रबाराही चापागाउँ अस्पतालप्रति धन्यवाद व्यक्तगरे । उनले शिविर उदाहरणिय रहेको भन्दै अन्य जिल्लाहरूले पनि सिकेर अघि बढ्नुपर्ने बताए ।
स्वस्थ जीवनशैली अपनाउन, खानपानमा ध्यान दिन, शारीरिक व्यायम गर्न चिकित्सकले सल्लाह दिएका छन् ।नियमित कम्प्यूटरमा काम गर्दा पत्रकारहरुको दृष्टिमा समस्या देखिएकाहरुलाई चस्मा लगाउन परामर्श दिइएकोछ भने पिसावमा समस्या देखिएकाहरुलाई प्रसस्त पानी पिउन, सुगर र प्रेसर देखिएकाहरुलाई खानपानमा ध्यानदिदै व्यायम गर्न परामर्श दिइएको छ ।












