धनकुटा, जेठ १७ – धनकुटाको सहिदभूमि गाउँपालिकामा तेस्रो वडास्तरीय अध्यक्ष कप महिला तथा पुरुषभलिबल प्रतियोगिता जेठ १९ गतेदेखि २१ गतेसम्म सञ्चालन हुने भएको छ। सहिदभूमि गाउँपालिकाकोआयोजनामा सहिदभूमि गाउँपालिका वडा नं ४ पिप्लेस्थित खेलमैदानमा प्रतियोगिता आयोजना हुन लागेकोगाउँपालिका अध्यक्ष मनोज राईको सचिवालयले जनाएको छ।
प्रतियोगितामा गाउँपालिकाका प्रत्येक वडाबाट बढीमा महिला र पुरुषका दुई–दुई टिमले सहभागिता जनाउनेछन्।यसका साथै सहिदभूमि गाउँपालिकाभित्र रहेका आधारभूत र माध्यमिक तहमा अध्ययनरत छात्र–छात्राहरूबाटएक–एक टिमको पनि सहभागिता रहनेछ। प्रतियोगितामा सहभागी खेलाडी तथा समूहले सम्बन्धित वडाको तथाविद्यालयको प्रमाण खुल्ने प्रमाणपत्रको प्रतिलिपि वा सिफारिस अनिवार्य पेस गर्नुपर्ने आयोजकले जनाएको छ।

प्रतियोगिताका विजेताका लागि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ। महिला तथा पुरुष दुवैतर्फ प्रथम हुनेटिमले रु. ५५ हजार नगद, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। यसैगरी, द्वितीय पुरस्कार रु. ३५ हजार नगद, कप, मेडल र प्रमाणपत्र रहेको छ भने तृतीय पुरस्कार रु. २० हजार नगद, कप, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।खेलको विधागततर्फ पनि विभिन्न पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ।












