
काठमाडौं — सार्वजनिक सवारी ठप्प भइरहँदा साझा यातायात र नेपाल प्रहरीले नागरिकको सहज आवागमनका लागि सेवा जारी राखेका छन्। साझा यातायातले हाल २१ वटा बसमार्फत विमानस्थल–रत्नपार्क–नागढुंगा, लगनखेल–नयाँ बसपार्क र लगनखेल–नारायणथान रूटमा सेवा दिइरहेको छ।
त्यस्तै, नेपाल प्रहरीले असार १५ गतेदेखि दुई रूटमा निःशुल्क बस सेवा सञ्चालनमा ल्याएको छ। पहिलो रूट नयाँ बसपार्क–कलंकी–लागनखेल–पुतलीसडक–चक्रपथ घुम्नेछ भने दोस्रो रूट एयरपोर्ट–कोटेश्वर–सल्लाघारी–सूर्यविनायक–चावहिल–गौशाला हुँदै पुनः एयरपोर्टसम्म सञ्चालन भइरहेको छ।












