धनकुटा, जेठ २०: नेकपा एमाले महालक्ष्मी नगरपालिकाका ९ वटै वडामा वडा अधिवेशन सम्पन्न भएको छ। गतबैशाख २४ गते वडा नम्बर ७ बाट सुरु भएको वडा अधिवेशन जेठ १७ गते सम्पूर्ण वडामा ३१–३१ सदस्यीय वडाकमिटी गठन गर्दै सम्पन्न भएको हो। वडा अधिवेशन सम्पन्न भएसँगै महालक्ष्मी नगरपालिकाभित्र आगामी तीनवर्षका लागि नयाँ नेतृत्व चयन भएको छ।
वडा अधिवेशनबाट विभिन्न वडाहरुमा वडा कमिटी अध्यक्षमा राम बहादुर राया, यत्न बहादुर कटुवाल, पुष्प बहादुरथापा, देबेन्द्र कटुवाल, डिक बहादुर पुरी, सुरेन्द्र बस्नेत, कोमल सुवेदी, गोबिन्द भण्डारी र चेतबहादुर भण्डारी चयनहुनुभएको छ।

नेकपा एमाले महालक्ष्मी नगर कमिटी अध्यक्ष कमल कार्कीले जानकारी दिनुभएअनुसार, सबै वडा कमिटी ५पदाधिकारीसहित ३१ सदस्यीय बनेका छन्। यससँगै नेकपा एमाले महालक्ष्मी नगरपालिकाले स्थानीयस्तरमाआफ्नो संगठनलाई थप सुदृढ बनाएको छ।












