सहिदभुमि,जेठ ।धनकुटाको सहिदभूमि गाउँपालिकामा तेस्रो अध्यक्ष कप महिला तथा पुरुष वडा स्तरीय भलिबल प्रतियोगिता सुरुभएको छ। सहिदभूमि गाउँपालिकाको आयोजनामा वडा नम्बर ४ पिप्ले माध्यमिक विद्यालयको खेलमैदानमाभईरहेको प्रतियोगितामा महिलातर्फ ९ र पुरुषतर्फ १५ टोलीको सहभागिता रहेको छ।

प्रतियोगिताको उद्घाटन खेल वडा नम्बर २ (ग) र वडा नम्बर ३ (ख) बीच हुने आयोजकले जनाएको छ।

प्रतियोगिताका विजेता टोलीहरूका लागि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ। महिला तथा पुरुष दुवैतर्फप्रथम हुने टोलीले नगद रु. ५५ हजार, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यसैगरी, द्वितीय पुरस्कारबापत नगदरु. ३५ हजार, कप, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने तृतीय हुने टोलीले नगद रु. २० हजार, कप, मेडल रप्रमाणपत्र प्राप्त गर्नेछ।

आयोजकले खेलको विधागततर्फ पनि विभिन्न पुरस्कारको व्यवस्था गरिएको जानकारी दिएको छ। यसप्रतियोगिताले स्थानीय स्तरमा खेलकुदको विकास र खेलाडीहरूलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर