धनकुटा, सहिदभूमि – सहिदभूमि गाउँपालिकामा आयोजित तेस्रो वडा स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता शुक्रबार एक भव्य समापन समारोहसहित सम्पन्न भएको छ। प्रतियोगिताको दुबै उपाधि वडा नं. २ ले जित्न सफल भएको छ।

पुरुषतर्फ फाइनल खेल वडा नं. १ र वडा नं. २ बीच वेस्ट अफ फाइभमा भएको थियो। निकै प्रतिस्पर्धात्मक खेलमा वडा नं. २ ले ३–२ को सेटमा वडा नं. १ लाई पराजित गर्दै उपाधि हात पारेको हो। यस्तै, महिलातर्फको फाइनलमा वडा नं. २ र अनिवार्य निशुल्क मावि सहिदभूमिबीच भएको खेलमा पनि वडा नं. २ ले ३–२ को सेटमा जित दर्ता गर्दै उपाधि आफ्नो पक्षमा पारेको हो।

विजेता दुबै समूहले नगद रु ५५,५५५ सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्। दोस्रो स्थान प्राप्त गर्ने टोलीहरू अनिवार्य निशुल्क मावि (महिला) र वडा नं. १ (ख) (पुरुष) ले नगद रु ३५,३५५, कप, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

तेस्रो स्थानका लागि पुरुषतर्फ वडा नं. ६ (ख) ले वडा नं. ५ लाई २–० को सेटमा पराजित गर्दै नगद रु २०,०००, कप, मेडल र प्रमाणपत्र जितेको छ। महिलातर्फ वडा नं. १ ले वडा नं. ५ लाई २–१ को सेटमा हराउँदै तेस्रो स्थान हासिल गरेको छ।

व्यक्तिगत विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरू

महिला बेस्ट स्पाइकर – नेहा चौधरी

पुरुष बेस्ट स्पाइकर – राजकुमार तामाङ

बेस्ट लिबेरो – योगेश राई

पुरुष बेस्ट सर्भर – मनिष गौतम

महिला बेस्ट सेटर – कविता राई

पुरुष बेस्ट सेटर – दिपेश राई

बेस्ट प्लेयर महिला – आरुसी तामाङ

बेस्ट प्लेयर पुरुष – राजकुमार तामाङ

राइजिङ प्लेयर – रिया राई (वडा नं. ५)

 


उक्त विधागत खेलाडीहरूले नगद रु १,०००, कप, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।

समापन समारोह सहिदभूमि गाउँपालिका अध्यक्ष मनोज राईको अध्यक्षतामा सम्पन्न भएको थियो। प्रतियोगिताका पुरस्कारहरू अध्यक्ष मनोज राई, प्रमुख प्रशासकीय अधिकृत सूर्य बहादुर भण्डारी, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू तथा विभिन्न शाखा प्रमुखहरूले वितरण गरेका थिए ।समारोहमा सहिदभूमि गाउँपालिकाका विभिन्न सामाजिक संघसंस्थाका प्रमुख, समाजसेवी, बुद्धिजीवी, शिक्षक तथा खेलप्रेमीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय