धनकुटा, ।नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जिल्ला शाखा धनकुटाको आयोजनामापाख्रीबास नगरपालिकाको सहयोगमा सञ्चालित दुई दिने सचेतना मुलक कार्यक्रम शनिबार सम्पन्न भएको छ।पाख्रीबास नगरपालिका भित्रका महिला तथा पुरुषको सहभागिता रहेको उक्त कार्यक्रममा आदिवासी जनजातिसम्बन्धी हक अधिकार, संविधानमा व्यवस्था भएका कानूनी प्रावधानहरु, आदिवासी जनजातिहरुको अवस्था, उत्थान, विकासका लागि भएका प्रयासहरु, स्थानीय तहसँग आदिवासी जनजातिको सम्बन्ध र सरोकारका नीतिकार्यक्रमका विषयमा छलफल भएको थियो।
कार्यक्रमको सहजीकरण नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति धनकुटाका सल्लाहकारतथा प्रशिक्षक जेपि भुजेल र फोनिज प्रदेश निवर्तमान अध्यक्ष सन्तवीर लामाले गर्नुभएको थियो।

कार्यक्रमको समापन आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति धनकुटाका अध्यक्ष नवीन किशोरशाक्यको प्रमुख आतिथ्यमा सम्पन्न भयो। समापन कार्यक्रममा आदिवासी जनजाति महासंघ नगर समन्वय परिषदअध्यक्ष थर्कमान श्रेष्ठ, नेपाल मगर संघ नगर अध्यक्ष निम बहादुर राना, नेपाल मगर संघ बौद्ध सेवा समाजकाअध्यक्ष लेख बहादुर गान्छाकी मगर, किरात राई यायोक्खा नगर सचिव चकेन्द्र राई लगायतले शुभकामना मन्तव्यराख्नुभएको थियो।
फोनिज धनकुटाका अध्यक्ष मालती मोक्तानले आदिवासी जनजातिहरुमा जागरण ल्याउन तथा उनीहरुकोउत्थानको उद्देश्यले पाख्रीबास नगरपालिकाको सहयोगमा दुई दिने आदिवासी जनजाति हक अधिकार सम्बन्धीसचेतना मुलक कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो।
कार्यक्रममा सहभागीहरुको तर्फबाट बोल्दै पुष्पा घिसिङले नगरमा पहिलोपटक आदिवासी जनजाति सम्बन्धी हकअधिकार र नेपालको संविधानमा समावेश गरिएका कुराहरु, कानूनका विषयमा बुझ्ने महत्वपूर्ण अवसरमिलेकोमा आयोजक संस्थालाई धन्यवाद दिँदै आगामी दिनमा यस्ता कार्यक्रमहरुको आवश्यकता रहेकोबताउनुभयो।
कार्यक्रममा फोनिजका सचिव देवेन्द्र थाडा, सहसचिव जानू तामाङ लगायतको उपस्थिति थियो।












