काठमाडौं, जेठ — नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) शैलुङ काठमाडौं सम्पर्क समन्वय समितिको चौथोभेला भव्य रूपमा सम्पन्न भएको छ। यस भेलाले संगठनलाई थप सशक्त र व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्तगर्दै नयाँ नेतृत्व चयन गरेको छ।
बागमती प्रदेशका पूर्वमन्त्री विशाल खड्काको प्रमुख आतिथ्य तथा संकर लामाको विशेष आतिथ्यमा सम्पन्न उक्तभेलाबाट ईश्वर कार्कीको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा जेम्स घिसिङ,सुजन तामाङ र शेर बहादुर श्रेष्ठ सचिवमा फलितमान श्रेष्ठ ,सह–सचिवमा सन्तोष बस्नेत र कोषाध्यक्षमा दुर्गा कुमार श्रेष्ठ चयन हुनुभएको छ।
भेलामा शैलुङ गाउँपालिकाका अध्यक्ष रिमालबाबु श्रेष्ठ, नेकपा (माओवादी केन्द्र)शैलुङ गाउँपालिकाको इन्चार्जजित कुमार मोक्तान र शैलुङ गाउँपालिकाको अध्यक्ष निला कुमार श्रेष्ठलगायतका नेताहरूको उपस्थिति रहेकोथियो। यस भेलाले शैलुङ काठमाडौं सम्पर्क समन्वय समितिको कार्यलाई थप सक्रिय र प्रभावकारी बनाउनेविश्वास गरिएको छ।












