काठमाडौँ, जेठ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय समाचार समिति (रासस) मार्फत तामाङ भाषाको समाचार सेवा सुरु गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। तामाङ पत्रकार सङ्घले आज राससमा तामाङ भाषाको समाचार सेवा सञ्चालन गर्न माग गर्दै ज्ञापनपत्र बुझाएपछि मन्त्री गुरुङले यस्तो प्रतिबद्धताजनाउनुभएको हो।
ज्ञापनपत्र बुझ्दै मन्त्री गुरुङले भन्नुभयो, “ढिलो चाँडो तामाङ भाषामा समाचार सेवा राससमा सुरु गर्छौँ।” हालराससले नेपाली, अङ्ग्रेजी, नेपाल र मैथिली भाषामा समाचार सेवा प्रदान गर्दै आएको छ।

बागमती प्रदेश सरकारले तामाङ भाषालाई प्रदेशको कामकाजी भाषा घोषणा गरेको एक वर्ष पूरा भइसकेको छ।नेपालको जनगणना २०७८ अनुसार नेपालमा १४ लाख २३ हजारभन्दा बढी मानिसले तामाङ भाषा बोल्छन्।
तामाङ पत्रकार सङ्घले ज्ञापनपत्र बुझाउने कार्यक्रममा सांसद तारा लामा, सङ्घका अध्यक्ष नेत्र तामाङ, उपाध्यक्षसहिला लामा, उपाध्यक्ष डोल्मा मनाङ्थेन, सचिवद्वय जिवी लामा र मिक्साङ वाइबा, तामाङ घेदुङका केन्द्रीय सदस्य बिलाम मोक्तान, तामाङ डाजाङका प्रकाशक एवं फोनिजका कोषाध्यक्ष अर्जुनबहादुर तामाङ, फोनिजका केन्द्रीय सदस्य अमिर लामा लगायतको उपस्थिति थियो।












