पाख्रीबास, जेठ : पाख्रीबास नगरपालिका वडा नं. मा जेष्ठ नागरिक सम्मान तथा स्वास्थ्य परीक्षण कार्यक्रमसम्पन्न भएको छ। वडा कार्यालयले आयोजना गरेको एक कार्यक्रमका बिच ७० वर्षभन्दा माथिका जेष्ठनागरिकहरूलाई स्वास्थ्य परीक्षण गर्नुका साथै थर्मस हर्लिक्स प्रदान गरी सम्मान गरेको हो।

वडा अध्यक्ष सम्झना आलेका अनुसार, उक्त सम्मान तथा स्वास्थ्य परीक्षण कार्यक्रममा वडाभित्रका १००जनाभन्दा बढी जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको थियो। प्रत्येक जेष्ठ नागरिकलाई एक/एक थान थर्मस एक/एक बट्टा हर्लिक्स प्रदान गरिएको आलेले जानकारी दिनुभयो।

सो कार्यक्रम उपमेयर नम्रता गौतमको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा कार्यपालिका सदस्यसीता धमला, वडासदस्य पहलमान घिसिङ मदनकुमार आलेको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालनवडा सचिव अनिल तिम्सिनाले गर्नुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय