पाख्रीबास, जेठ : पाख्रीबास नगरपालिका वडा नं. ९ मा जेष्ठ नागरिक सम्मान तथा स्वास्थ्य परीक्षण कार्यक्रमसम्पन्न भएको छ। वडा कार्यालयले आयोजना गरेको एक कार्यक्रमका बिच ७० वर्षभन्दा माथिका जेष्ठनागरिकहरूलाई स्वास्थ्य परीक्षण गर्नुका साथै थर्मस र हर्लिक्स प्रदान गरी सम्मान गरेको हो।

वडा अध्यक्ष सम्झना आलेका अनुसार, उक्त सम्मान तथा स्वास्थ्य परीक्षण कार्यक्रममा वडाभित्रका १००जनाभन्दा बढी जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको थियो। प्रत्येक जेष्ठ नागरिकलाई एक/एक थान थर्मसर एक/एक बट्टा हर्लिक्स प्रदान गरिएको आलेले जानकारी दिनुभयो।

सो कार्यक्रम उपमेयर नम्रता गौतमको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा कार्यपालिका सदस्यसीता धमला, वडासदस्य पहलमान घिसिङ र मदनकुमार आलेको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालनवडा सचिव अनिल तिम्सिनाले गर्नुभएको थियो।












