काठमाडौं असार — बर्गर ग्रुपका ग्राहकहरूले अब पठाओ एपमार्फत बर्गर ग्रुपका सम्पूर्ण सामग्रीहरू सहज रूपमा अर्डर गर्न सक्ने भएका छन्।
बर्गर ग्रुपका सञ्चालक वसन्त लामाका अनुसार, ग्राहकहरूले पठाओ एप प्रयोग गरेर बर्गर ग्रुप अन्तर्गतका विभिन्न सेवा तथा सामग्रीहरू सजिलै अर्डर गर्न सक्ने सुविधा सुरु गरिएको हो।

यस सुविधा अन्तर्गत मदिरा मार्ट बाट जुनसुकै ब्रान्डका मदिराहरू अर्डर गर्न सकिन्छ भने मेलुङ मार्ट बाट दैनिक आवश्यक पर्ने विभिन्न खाद्यान्न सामग्रीहरू पनि ग्राहकले सजिलै मगाउन सक्नेछन्।
“ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै हामीले पठाओमार्फत अर्डर लिने व्यवस्था मिलाएका हौं,” सञ्चालक लामाले जानकारी दिनुभयो।












