ललितपुर,असारराज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले मुलुकलाई चाहिएकोसुशासनको लागि स्थायी सरकार आवश्यक भन्नुभएको

अल्टरनेटिभ फाउन्डेशनको आयोजनामा बुधबार ललितपुरमा भएको सुशासनको राष्ट्रिय सूचक निर्माणका लागिराष्ट्रिय परामर्श गोष्ठीमा मन्तव्य राख्नुहुँदै सभापति खतिवडाले वर्तमान शासन व्यवस्था राज्यको पद्धतिलाईबलियो, पारदर्शी भरपर्दो बनाउन सके सुशासन कायम हुन सक्छ भन्नुभएको हो

स्थायी सरकार नबन्नु समस्या हो,सुशासनका लागि स्थायी सरकार आवश्यक , शासन राम्रो हुनु नै सुशासन हो, वहुदलीय व्यवस्थामा प्रतिस्पर्धात्मक प्रणाली हुन्छ, यो राम्रो पद्धति हो, पञ्चायतकालमा रुख रोप्न रक्तदान गर्नपनि पाइदैनथ्यो, विद्यालयको अनुमति लिन पनि सिंहदरबार धाउनुपर्ने अवस्था थियोे, अहिले स्थानीय तहमा नैआएको , सुशासनका लागि नै पञ्चायतको अन्त्य गर्दै प्रजातन्त्र एकात्मक शासनको अन्त्य गर्दै संघीयलोकतान्त्रिक गणतन्त्र ल्याएको हो, आजको आवश्यकता कानूनी राज्य, विधिको शासन, मानव अधिकार निष्पक्ष न्यायलय हो, अदालतप्रतिको उच्च भरोसा मानिसमा हुन्छ, उच्चतम प्रणाली गणतन्त्र हो।सभापतिखतिवडाले भन्नुभयो

उहाँले कानूनी राज्य सुशासनको लागि स्थिर सरकार स्थायित्व आवश्यक भन्नुभयो।

न्यायाधीशले गल्ती गरेको खण्डमा पनि अर्को व्यवस्था , कालोमोसो दलेर, कुटेर समस्या समाधान हुँदैन, जातीय, क्षेत्रीय साम्प्रदायिक कुरालाई भुलेर देशको कुरा गर्नुपर्छ, सुशासन आउँछ।उहाँले भन्नुभयो

सभापति खतिवडाले सर्बोच्च अदालतले २०८४ पछि पाँच बर्ष नाघेका एउटा पनि मुद्दा नराख्ने भनेर ल्याएको कुरास्वागतयोग्य भन्नुभयो

उहाँले चुनावमा प्रतिस्पर्धा गरेको आधारमा, नेतृत्वको खराव कुरा उजागर गरेको आधारमा कसैलाई तिरस्कारगरिनु हुँदैन भन्दै नेतृत्वले सुधार गरेर अगाडि बढ्ने तगत राख्नुपर्छ भन्नुभयो

चुनाव लड्दा पार्टीबाट लडेपनि चुनाव जितेपछि सर्वपक्षीय हुनुपर्छ, पूर्वाग्रह राख्नुहुँदैन, भ्रष्टाचारका नाममा बेनामेउजुरीले समस्या ल्याएको , त्यसले १५ वर्षसम्म दु: पाउने व्यवस्था हुनुहुँदैन, भ्रष्टाचारलाई निरुत्साहित गर्नअख्तियारलाई बलियो बनाउनुपर्छ, जनप्रतिनिधि छनौटको अधिकारलाई बलियो बनाउनुपर्छ, प्रतिनिधिसभालाईपूर्णरुपमा प्रत्यक्ष हुनुपर्छ, नेताका नाताका भन्दा योग्य सक्षमलाई चयन गर्ने पद्धति हुनुपर्छ।उहाँले भन्नुभयो

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नानु बाँस्तोलाले सुशासनको सन्दर्भमा राजनीतिक दलहरूले मात्रै नभइ आमनेपाली नागरिकहरुले समेत आफ्नो जिम्मेवारी जवाफदेही भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो उहाँलेनेपाली नागरिकले आफ्नो जिम्मेवारी के हो भनेर बुझ्न नसकेसम्म सुशासन प्रवर्द्धन हुन नसक्ने भन्दै उत्तरदायित्व, जिम्मेवारी जवाफदेही बनाउनका लागि शिक्षा क्षेत्रमा नैतिक शिक्षाको अनिवार्य रहेको बताउनुभयो

नेकपा (एमाले) को उपभोक्ता हीत संरक्षण तथा सुशासन समितिका सदस्य मोहिनी ढकालले सुशासन प्रवर्द्धनमाराजनीतिक दलहरुको दृढ संकल्प आवश्यक रहेको बताउनुभयो

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का प्रवक्ता कृष्ण शर्माले राजनीतिलाई जनताको सेवा गर्ने माध्यम बनाउँदैराजनीतिको शुद्धीकरण गरेर सुशासन कायम गर्न ध्यान दिनुपर्नेमा जोड दिनुभयो। उहाँले राज्यले गर्ने काम राज्यका संरचनाप्रति जनताको अपनत्ववोध गर्न सक्ने अवस्था सृजना गर्दै सेवा प्रवाहमा सरलीकृत गर्नुपर्नेमा जोडदिनुभयो

फाउन्डेशनका अध्यक्ष प्रकाश विकल्पले नेपालमा सुशासनको क्षेत्रमा देखिएका कमजोरीहरुलाई सुधार गर्दैप्रभावकारी रुपमा कार्यान्वयन गर्नका लागि भूमिका खेल्न यो कार्यक्रम आयोजना गरिएको बताउनुभयो।  उहाँलेसुशासन कुनै एक व्यक्ति, समुदाय राजनीतिक दलको मात्रै नभई समग्र क्षेत्रको लागि आवश्यक भएकोबताउनुभयो नेपालमा सुशासन कायम गर्न एकअर्कामा आरोपप्रत्यारोप गरेर भन्दा पनि सबैले आफ्नोभूमिकालाई प्रभावकारी रुपमा उपयोग गरेर व्यवहारमा लागू गर्न सकिनेमा जोड दिनुभयो।

कार्यक्रमको अवधारणामाथि प्रस्तुतिकरण गर्नुहुँदै अल्टरनेटिभ फाउन्डेशनका टिम लिडटर डाक्टर जनकराजशाहले राज्यलाई गाली गरेर भन्दा राज्यका सबै सरोकारवालाहरुले प्रयास गरेर सुशासन कायम गर्न सकिन्छभन्नुभयो उहाँले भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाहमा सहजता ल्याएर, कानूनी तथा न्यायिक पद्धतिलाई बलियोबनाएर सुशासन कायम गर्न सकिन्छ भन्दै यसका लागि बहुसरोकारवालाहरुको भूमिका प्रभावकारी हुनुपर्नेमा जोडदिनुभयो।

महासचिव आरके ढुंगानाले फाउन्डेशनले विभिन्न क्षेत्रमा अध्ययन अनुसन्धान गर्ने क्रममा नागरिक तहबाटराष्ट्रियस्तरको सूचक तयार गर्ने प्रयास गरेको जानकारी गराउनुभयो। उहाँले फाउन्डेशनले नीति निर्माण गर्नेसन्दर्भमा सरकारलाई सुझावहरु प्रदान गर्ने तथा सुशासन, प्राकृतिक स्रोतको संरक्षणका क्षेत्रमा काम गरिरहेकोबताउनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय