दोलखा, असार ५ –नेपालका पूर्व उपराष्ट्रपति नन्द किशोर पुनले बुधवार दोलखाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल शैलुङको भ्रमण गरेका छन्। शैलुङ पुगेर आफूले स्वर्ग झैँको आनन्द लिएको अनुभूति सुनाउँदै उनले यो क्षेत्र अत्यन्त सम्भावनायुक्त पर्यटनस्थल भएको बताए।

“मैले दुर्गम क्षेत्र सम्झिएको थिएँ, तर शैलुङ त काठमाडौं नजिकैको सुगम र रमणीय स्थान रहेछ,” पुनले भने, “म माओ जन्मेको ठाउँ पुगेको छु, मार्क्स जन्मेको ठाउँ पनि घुमेको छु, तर शैलुङले दिएको आनन्द त्यो भन्दा डबल छ।”

उनले यस्तो सम्भावना बोकेको ठाउँको विकासमा सरकार अग्रसर हुनुपर्ने धारणा राखे।

भ्रमणमा नेकपा (माओवादी केन्द्र) दोलखाका इन्चार्ज बिसाल खड्का, नेता शंकर लामा, शैलुङ गाउँपालिका अध्यक्ष रिमालबाबु श्रेष्ठ, दोलखा को प्रमुख जिल्ला अधिकारी लगायत  स्थानीय पदाधिकारीहरू सहभागी थिए।

पूर्व उपराष्ट्रपतिको भ्रमणले शैलुङ पर्यटन विकासमा सकारात्मक सन्देश दिएको भन्दै स्थानीयवासी उत्साहित बनेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय