धनकुटा, असार — सहिदभूमि गाउँपालिकामा शान्ति सुरक्षा, अपराध नियन्त्रण, सेवा प्रवाह र सार्वजनिक सरोकारका विषयमा केन्द्रित सार्वजनिक सुनुवाइ कार्यक्रम आइतबार सम्पन्न भएको छ।

जिल्ला प्रशासन कार्यालय धनकुटा र जिल्ला प्रहरी कार्यालय धनकुटाको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रम जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रमुख टुवराज पोख्रेलको अध्यक्षतामा भएको हो। कार्यक्रममा सहिदभूमि गाउँपालिकाका अध्यक्ष मनोज राई प्रमुख अतिथिको रुपमा सहभागी हुनु भएको थियो।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पोख्रेलले जिल्लामा शान्ति सुरक्षा, सेवा प्रवाह, स्थानीय प्रचलित ऐन, नागरिक सेवामा देखिएका समस्या तथा समाधानका उपायबारे विस्तृत रुपमा जानकारी दिनु भयो। उहाँले नागरिकता, पञ्जिकरण, राष्ट्रिय परिचयपत्र, आत्महत्या न्यूनीकरण, जग्गा सम्बन्धी धनीपुर्जा, साझ सिमाना लगायतका विषयमा सहभागीहरूको जिज्ञासामा समेत जवाफ दिनु भएको थियो।

कार्यक्रममा वडा अध्यक्षहरू हेमकुमार राई, खगेन्द्र राई, रमेशकुमार राई, वडा सदस्य सोम राना, कार्यपालिका सदस्य दिवानी राई, मिना परियार, वडा सचिव पदम दाहाल, स्थानीय शिक्षक, जनप्रतिनिधि लगायतको उल्लेखनीय सहभागिता रहेको थियो।

सुनुवाइ कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष रत्नश्वरी राई, जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक (एसपी) शरद थापा, जिल्ला अनुसन्धान विभागका प्रमुख अधिकृत रामेश्वर बस्नेत, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यबहादुर भण्डारी अतिथि रहनु भएको थियो।

सहिदभूमि गाउँपालिका हलमा आयोजित कार्यक्रममा स्थानीय बासिन्दा, शिक्षक तथा कर्मचारीहरूको उपस्थिति उल्लेखनीय रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय